समाज

चितवनको कालिखोलामा बस खस्यो १ को मृत्यु २६ घाइते

चितवनको कालिखोलामा बस खस्यो १ को मृत्यु २६ घाइते

पुस १२ । चितवनको कालिखोलामा सोमबार मध्यरातमा यात्रु बस सडकबाट लगभग सय मिटर तल खस्दा एकजना यात्रुको निधन भएको छ भने २६ जना घाइते भएका छन् ।

मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५४४२ नम्बरको यात्रु बस मध्यरातको १२ बजेर ४२ मिनेट जाँदा दुर्घटनाग्रस्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले जानकारी दिए ।

बस सडकबाट लगभग सय मिटर तल खसे पनि त्रिशुली नदीमा भने नपुगेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घटना स्थलमै पुगेका एसपी थापाका अनुसार घटना स्थलमा एकजना यात्रु मृत फेला परेका छन् । २६ जनाको घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

विशेष