मनोरञ्जन

दुबईमा रणवीर र दीपिकाको मस्ती

दुबईमा रणवीर र दीपिकाको मस्ती

पुस १२ । बलिउडका जोडी रणवीर सिंह र दीपिका पादुकोण अहिले लगातार मिडियामा आइरहेका छन् । उनीहरू यसरी मिडियामा आउनुको कारण यी दुईले एक–अर्कालाई सप्राइज दिनु पनि हो ।

कतिसम्म भने केहीअघि दीपिका कसैलाई थाहा नदिई क्यानडाबाट फ्रान्स पुगेर रणवीरलाई भेटेकी थिइन् । अब यी दुई क्रिसमस र अंग्रेजी नयाँ वर्ष मनाउन दुबई पुगेको समाचार बलिउडमा प्राथमिकताका साथ आइरहेको छ ।

बुधबार यी दुवै मुम्बईको विमानस्थलमा देखिएका थिए । रणवीर राति १० बजे विमानस्थल पुगेका थिए । केहीपछि त्यही विमानस्थलमा दीपिका पनि पुगिन् । यी दुई दुबई गएका हुन् र ३ जनवरीसम्म त्यहाँ रमाइलो गर्नेछन् ।

dipika padukod

विशेष