मुख्य समाचार रोजगार

नेपाल अाजकाे युवा लक्षित 'सफल क्यारियर निर्माणका लागि रणनीति' कार्यक्रम प्रज्ञा भवनमा सुरु, तपाई छुट्नु भयो कि ?

नेपाल अाजकाे युवा लक्षित 'सफल क्यारियर निर्माणका लागि रणनीति' कार्यक्रम प्रज्ञा भवनमा सुरु, तपाई छुट्नु भयो कि ?

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा ‘strategy to build a success career’ (सफल क्यारियर निर्माणका लागि रणनीति)विषयक विद्यार्थी युवा लक्षित कार्यक्रम गर्ने भएको सुरु भएको छ । विद्यार्थीहरुले success career कसरी बनाउन सक्छन् भन्ने विषयमा जानकारी दिन कलेज पढ्ने विद्यार्थीलाई लक्षित गरी नेपाल आजले निःशुल्क कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा उपत्यकाका कलेजहरुबाट विद्यार्थीहरुको उत्सह जनक उपस्थिती रहेको छ । उक्त कार्यक्रमा भाग लिन विभिन्न विद्यालयबाट विद्यार्थीहरु प्रज्ञा भवन पुगिसकेका छन् । अहिले उक्त कार्यक्रको दर्ता गर्ने कार्य भइरको छ ।

यसमा विभिन्न कलेजमा अध्ययन गर्ने छात्र, छात्राहरुको उल्लेख्य उपस्थिती रहेको छ । कार्यक्रमको मुख्य आर्कषकको रुपमा मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) अनिल शाह, स्ट्यान्ड अप कमेडियन मनोज गजुरेल, बिबिसी नेपालली सेवाका प्रमुख वरिष्ठ पत्रकार तथा हेल्प नेपाल नेटवर्कका सस्थापक रविन्द्र मिश्र, मेरोजब डट कमका सिईओ शैलेन्द्र राज गिरी र पूर्व्मिस नेपाल सुविन लिम्बु रहने छन् ।

उनीहरुले सफल क्यारिअर कसरी बनाउने साथसाथै क्यारिअरमा आइपर्ने बाधाब्यावधानलाई कसरी सम्हाल्न सकिन्छ भन्ने विषयमा जानकारी दिने छन् ।

Nepal aaja

विशेष