देश

संक्रान्तिबजार आगलागीः अग्निपीडितलाई फेदाप समाजद्वारा सहयोग

संक्रान्तिबजार आगलागीः अग्निपीडितलाई फेदाप समाजद्वारा सहयोग
पुस - १२ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपीडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ । संक्रान्तिबजार आइपुगेका समाजका प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि अग्निपीडित ७३ परिवारलाई १-१ थान सिरक वितरण गरेको हाे । कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष गजेन्द्र इस्वोले अग्निपीडित परिवारको यो दुःखद घडिमा सबै सरोकारवाला सहयोगीहरुले साथ दिनु पर्नेमा जोड दिए । जाडोको मौसमा पीडितहरुको समस्यालाई न्यानो बनाउन १ लाख ४६ हजार बराबरको ७३ थान सिरक उपलब्ध गराइएको समाजका केन्द्रीय महासचिव सन्तोष कुरुङवाङले जानकारी दिए । उत्त सामग्री समाजको अगुवाईमा विभिन्न व्यवसायी व्याक्तिहरुबाट संकलन गरेर पिडितहरुलाई उपलब्ध गराएको बताइएको छ । कार्यक्रममा फेदाप र आठराई क्षेत्रको आत्मीय सम्बन्धलाई अझ प्रगाड बनाउन किँरातीहरुको प्रतिक “सिलाम साक्मा” मायाको चिनो स्वरुप आठराई क्षेत्रका अगुवा सरोकारवाला निकाय, समाजसेवि, पत्रकारहरुलाई किँरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहनकुमार हुक्पा चोङवाङले वितरण गरे । पुस १ गते भएको भिषण आगलागीबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपीडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।
अमृत बास्तोला / तेह्रथुम

अग्निपीडित संक्रान्तिबजार

विशेष