समाज

पृथ्वी जयन्ती राष्ट्रिय उत्सवका रुपमा मनाइयोस्– विश्व हिन्दु महासंघ

पृथ्वी जयन्ती राष्ट्रिय उत्सवका रुपमा मनाइयोस्– विश्व हिन्दु महासंघ

पुस १२ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहले हिन्दू अधिराज्य पुनस्र्थापनाकालागि सम्पूर्ण नेपालीलाई एकजुट हुन आग्रह गरेका छन् ।

वीरगंजस्थित होटल सम्झनामा मंगलवार २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा बुधवार विहान ११ बजे वीरगंजमा आयोजना गरिन लागिएको आमसभा कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पूर्व जनरल भरत केशर सिंहले एक प्रेस विज्ञप्ती जारी गरी सो कुरा बताएका हुन् ।

अध्यक्ष सिंहद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भनिएको छ, ‘श्रृष्टिको अनादीकालदेखि नै विश्वमा नेपाल एक मात्रै हिन्दू अधिराज्यको रुपमा रहेको कुरा सर्वविदितै छ । वैदिक सनातन हिन्दू धर्मको पहिचान बोकेको संसारभरका ओमकार परिवारको आस्थाको केन्द्र हो नेपाल । नेपाल संसारभर छरिएर रहेका समस्त हिन्दूहरुको देश आराध्यदेव पशुपतिनाथ, माता जानकी र भगवान गौतम वुद्धको जन्मस्थल, जहाँ सम्पूर्ण ऋषिमुनिहरुले तपस्या गरेको तपोभूमि एक पून्यभूमिको रुपमा स्थापित हुँदाहुँदै हाम्रो देशका राजनीतिक पार्टीका केही आप्mनो धर्म नबुझेका अथवा स्वार्थी भावनाले प्रेरित भई बुझ्न नखोजेका नेताहरुले आर्थिक प्रलोभनमा पारी जनताको भावना नबुझि जबरजस्ती धर्मनिरपेक्ष बनाउने निन्दनीय कार्यले गर्दा हामी ओमकार परिवार (वैदिक, शिख, वुद्धिष्ट, जैन) त्यस्तै किराँत धर्मावलम्बीहरु सबै स्तब्ध भएका छौं ।’

विश्व हिन्दू महासंघले राज्यसमक्ष पुस २७ गते लाई राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासका साथ देशव्यापी रुपमा मनाउन राष्ट्रिय विदा, पृथ्वीनारायण शाहको तस्बिरलाई नेपालको चलन चल्तीको कागजी मुद्रा तथा हुलाक टिकटमा प्रकाशित गर्न पनि माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघकी महासचिव अस्मिता भण्डारीले भनिन्, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाह हाम्रो संगठनका मात्रै होइनन् । सबै नेपाली जनताका आदर्श हुन् । यसकारण सरकारले पृथ्वीजयन्ती मनाउने परम्परा पुन कायम गर्नुपर्छ ।’

विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रियका अध्यक्ष भरत केशर सिंहको संयोजकत्वमा भएको सो कार्यक्रममा नेपाल राष्ट्रिय समितिका सभापति निलप्रसाद भण्डारी, राजसंस्थावादी वृहत समुहका संयोजक किशोरी महतो, विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य पृथ्वीप्रसाद झा, नेपाल राष्ट्रवाद संघका पर्साका अध्यक्ष जनकलाल साह, राजसंस्था पुनस्र्थापना संघर्ष समितिका गणेश साह, विश्व हिन्दू महासंघका पर्सा जिल्ला सभापति राजकिशोर चौबे, जेष्ठ नागरिक समूह पर्साका संस्थापक अध्यक्ष पश्ुपतिविक्रम शाह, नागरिक संघर्ष समितिका संयोजक तथा नेपाल राष्ट्रवादी शान्ति समुह बारा पर्साका संस्थापक अब्दुल सतार अंसारी, मिसन नेपालका विराज यादव र सन्तोष रंजितकार, विगा राउत गदी, रिपोटर्स क्लव नेपालका केन्द्रिय सदस्य कन्हैया गुप्ता, राष्ट्रिय सरोकार मंचका पर्सा जिल्ला अध्यक्ष नन्दकिशोर गोयल, शिव सेना नेपाल बारा पर्साका युवा अध्यक्ष आशिष तिवारी, आरपी रुदल, राजेश पटेल लगायत विभिन्न राष्ट्रवादी संघ संस्थामा आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विशेष