नेपालले एएफसी एसियन कप क्वालिफायर छनोट खेल खेल्ने

पुस - १२ । आगामी सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कप क्वालिफायरका लागि नेपालले छनोट खेल खेल्न पाउने भएको छ ।
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपमा नेपालले गरेको प्रदर्शनलाई मध्यनजर गर्दै एएपसीले छनोट खेल्न दिएको हो ।
क्वालिफायरको ड्र आगामी २३ जनवरीमा हुनेछ । कुल २४ टिमले भाग लिने प्रतियोगिताबाट १२ टिम युएईमा हुने प्रतियोगिताका लागि छनोट हुनेछन् ।
क्वालीफायरमा २४ टिमलाई प्रत्येक समूहमा ४–४ टिमसहित ६ समूहमा खेलाइनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली प्रतियोगितमा छानिने एएपसीले जनाएको छ ।
एएफसी एसियन कप