खेल

नेपाली महिला फूटबल टोलीले आज माल्दिभ्सको सामना गर्ने

नेपाली महिला फूटबल टोलीले आज माल्दिभ्सको सामना गर्ने

पुस १३ । चौथो महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा शानदारसुरुआत गरेको नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाल सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई ८—० को फराकिलो अन्तरले हराएको नेपालका लागि माल्दिभ्स नौलो र बलियो प्रतिद्वन्द्वि होइन । माल्दिभ्सले सन् २०१० मा पहिलो साफ च्याम्पियनसिपमा ६—० ले हराएको नेपालले २०१२ मा पनि ५—० ले पराजित गरेको थियो । नेपाल आत्मविश्वासका साथ आेर्लने तयारीमा छ भने माल्दिभ्स दाबेदारमध्येको नेपालसँग बदला लिने योजनमा हुनेछ ।

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले माल्दिभ्ससँगको खेलमा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । ‘६५ प्रतिशत हामीले खेल जित्ने सम्भावना छ,’उनले भने, ‘विपक्षी टोलीको खेल हेरेर रणनीति बनाउँछौ, खेल जित्नलाई समस्या छैन ।’ यो प्रतियोगितामा माल्दिभ्सले अहिलेसम्म नेपाललाई हराउन सकेको छैन ।

माल्दिभ्स पनि श्रीलंकालाई सोमबार ५—२ ले हराएर उच्च मनोबलका साथ नेपालविरुद्ध उत्रने तयारीमाा रहनेछ । समूह बि मा आयोजक भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन हो । तीनै पटक फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

Saff Champinship

विशेष