सलमानलाई पर्यो ठुलो बज्रपात, बुहारीले मागिन १५ करोड
पुस १३ । मलाइका अरोरा खानको श्रीमान् अरबाजसँगको १८ वर्षे वैवाहिक सम्बन्धमा दरार आएको छ । उनीहरु अब सम्बन्ध विच्छेद गर्नै अवस्थामा पुगेका छन ।
अरबाजबाट पार पाउनका लागि मलाइकाले १५ करोड माग गरेकी छिन् । स्रोतका अनुसार बान्द्रको पारिवारिक अदालतसँग मलाइकाले १५ करोड भारुको एलुमिनी राशि माग गरेकी छिन् ।
यो विभिन्न मागको एकमुष्ट रकम हो । उनले विभन्न शिर्षकमा उक्त रकम मागेकी हुन । एक फ्ल्याटका लागि ३ करोड ७० लाख, छोराको नाममा बचत २.५ करोड, छोरालाई कार किन्नका लागि २ करोड , छोराको २१ वर्षको पढाइ खर्च एक करोड ५ लाख र आफ्ना लागी ५ करोड माग दाबी गरेकी हुन् ।
अरबाजका वकिलले अदालतमा मलाइकाको माग अरबाजले पूरा गर्न नसक्ने स्पष्ट पारेका छन् । अदालतले दुबैको एलुमिनी रकममा पुर्नविचार गर्नको लागि आग्रह गरेको छ ।
Arbaj Khan Malaika Arora