मनोरञ्जन

जब ब्रिटनी स्पेरयर्सको मृत्यको हल्ला फैलियो

जब ब्रिटनी स्पेरयर्सको मृत्यको हल्ला फैलियो

पुस १३ । पप स्टार ब्रिटनी स्पेयर्सको मृत्युको हल्लाले सामाजिक सञ्जालमा तरंग छाएको छ । युवा पुस्ताको मन मस्तिष्कमा बस्न सफल यी गायिकाको मृत्यु भएको खबर सामाजिक सञ्जालमा पोष्ट हुने बितिक्कै उनका प्रशंसकहरु अचम्ममा परे । कतिपयले श्रद्धाञ्जलीसमेत लेख्न भ्याए ।

जब आफ्नो मृत्युको खबर आफैले समाचार बनेको देखिन, ब्रिटनी तीनछक परिन् । लगत्तै उनका प्रवक्ता एडम लेबेरले सिनएनलाई अन्तरवार्ता दिँदै सो खबर झूटो भएको र ब्रिटनी पूर्णरुपमा स्वस्थ र ठिकठाक रहेको प्रष्टिकरण दिएका छन् ।

सोनी म्युजिक ग्लोबलको ट्विटर एकाउन्ट ह्याक गरेर उनको मृत्युको हल्ला चलाइएको थियो ।  ह्याक गरिएको एकाउन्टबाट ब्रिटनीको मृत्यु भएको झूटो खबर पोष्ट गरिएको थियो ।

पहिलो ट्वीटमा लेखिएको थियो, ‘ईश्वरले ब्रिटनी स्पेयर्सको आत्मालाई शान्ति दिउन् ।’ अर्को ट्विटमा ‘दुर्घटनामा ब्रिटनी स्पेयर्सको निधन भएको छ । हामी तपाईंलाई चाँडै नै थप जानकारी दिनेछौं’ लेखिएको थियो ।

Britny Spares

विशेष