खेल

महिला क्रिकेटर रुबिनाले पाइन् अष्ट्रेलियामा खेल्ने अवसर

महिला क्रिकेटर रुबिनाले पाइन् अष्ट्रेलियामा खेल्ने अवसर

पुस १३ । नेपाली महिला क्रिकेट खेलाडी कि कप्तान रुबिना क्षेत्रीले महिला बिगब्यास लिगको टिम मेलबर्न रेनेगेड्स टिममा प्रशिक्षण गर्ने मौका पाएकी छन् ।

उक्त प्रशिक्षणमा भाग लिन उनी आज अस्ट्रेलिय्रा जाँदै छिन् । रुबिना सहित ६ एसोसियट रास्ट्रका ८ खेलाडीहरुलाई बिग ब्यासका आठ टिममा स्थान दिईएको हो ।

नेपालबाट रुबिनासंगै हंगकंग बाट एम्मा लाई, आयरल्याण्डबाट गाबी लुइस र किम गार्थ, स्कटल्याण्डबाट क्याथरिन ब्राइस, पपुवा न्यु गिनीबाट कोनियो ओला र रभिनी ओएले मौका पाएका छन् रुबिना मर्लबर्न रेनेगेड्स टिमको हिस्सा हुनेछिन् ।

बिग ब्यास लिगको दोश्रो सिजन १० डिसेम्बर देखि सुरु भइसकेको छ जुन २८ जनवरी सम्म चल्नेछ ।

Rubina chettri

विशेष