मनोरञ्जन

ट्याटुमा अटाउँछन् बलिउड स्टारका प्रेमीदेखि पितासम्म

ट्याटुमा अटाउँछन् बलिउड स्टारका प्रेमीदेखि पितासम्म
पुस १३ । मानिसहरुले आफ्नो शरीरमा खोप्ने गरेको ट्याटु नौलो विषय होइन । तर त्यो ट्याटु पछाडि रहेको रहस्य भने नौलो लाग्न सक्छ । फेसनको दुनियाँमा रमाउनुको अलावा मानिसको जीवनमा ट्याटुका थुप्रो कथा हुन सक्छन् । मानिसको शरीरमा देखिने ट्याटुलाई निजी जीवनको स्वतन्त्रताको प्रतिकका रुपमा पनि बुझ्न सकिन्छ । बलिउड कलाकारले आफ्नो शरीरका विभिन्न भागमा खोपेका ट्याटु ट्याटु पछाडिका रहस्य यस्ता छन् । प्रियंका चोपडा — अभिनेत्री प्रियंका चोपडा आफ्ना बुबासँग निकै नजिक थिइन् । उनको फिल्म ‘अग्निपथ’ को सफलतापछि उनले हातमा ‘ड्याडीज लिटल गर्ल’ लेखेको ट्याटु हानेकी हुन् । अहिले उनको पिता अग्नि चोपडाको निधन भइसक्यो । प्रियंकाले विभिन्न अन्तवार्तामा पनि आफू पितासँग धेरै नै नजिक भएको बताउँदे आएकी छिन् । प्रियांकाले उक्त नामको ट्याटु हाने पछि ‘ड्याडीज लिटल गर्ल’ को ट्रेन्ड खुब चल्यो ।   रणवीर कपुर — अभिनेता रणवीर कपुरले पनि हातमा देवनागरी लिपिमा ‘आवारा’ नामको ट्याटु खोपेका छन् । उनको हातमा लेखिएको आवाराले जिन्दगीको बिन्दासपन र स्वतन्त्रताको आभास दिलाउँछ । उनले उक्त ट्याटु आफ्नो हजुरबुबा राज कपूरको सम्झनामा बनाएको भन्ने अनुमान पनि लगाइन्छ ।   आलीया भट्ट — अभिनेत्री आलीया भट्टले पनि आफ्नो गर्दनमा ‘पटाका’ लेखेकी छिन् । उनले उक्त ट्याटु फिल्म ‘हम्प्टी शर्मा की दुलहनीया’ को लागि मात्र बनाएकी थिइन् । फिल्ममा रहेको आफ्नो भूमिकालाई न्याय दिलाउन उनले उक्त ट्याटु बनाएकी थिइन् । दिपिका पादुकोण — कुनै समय अभिनेत्री दिपिका पादुकोण र रणवीर कपूर प्रेममा डुबेका थिए । दिपिकाले रणवीरसँग सम्बन्धमा रहेको समयमा आफ्नो गर्दनमा आर के नामको ट्याटु बनाएकी थिइन् । उनले खुट्टामा पनि राम्रो डिजाइनको ट्याटु खोपेकी छिन् । त्यसको अन्त्यमा उनको आप्mनै नामको छोटकरी डिपी लेखिएको छ । सैफ अली खान — अभिनेता सैफ अली खानले हातमा कैरीना लेखेका छन् । ट्याटुमार्फत उनले पत्नी करीनालाई गर्ने माया झल्काउन खोजेको बताइन्छ । उक्त ट्याटु उनले विवाह अघि नै खोपाएका हुन् । कंगना रनौट — बलिउड अभिनेत्री कंगना रनौटले पनि गर्दनमा पखेटा, तरबार र ताजको ट्याटु बनाएकी छिन् । उक्त ट्याटु उनले स्वतन्त्रता र शक्तिको प्रतिक भएको बताउँदै आएकी छिन् ।

tattos of bolywood stars

विशेष