लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिन सफल

पुस–१३ । इंग्लिस प्रिमियर लिगमा लिभरपुल दास्रो स्थानमा उक्लिन सफल भएको छ । मंगलबार राति भएको खेलमा स्टोक सिटीलाई ४–१ ले हराउँदै लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै दास्रो स्थानमा उक्लिन सफल रहेको छ ।
लिभरपुरको लागि एडम लालना, रोबर्टो फिरमिनो र ड्यानिएल स्टरेजले गोल गरे । स्टोक सिटीका जानेली इम्बुलाले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता ४–१ को बनाउन सफल रह्यो । स्टोक सिटीको लागि जोन वाल्टर्सले एक गोल फर्काएका थिए ।
जितपछि लिभरपुलको १८ खेलबाट ४० अंक भएको छ । शीर्ष स्थानमा रहेको चेल्सीको ४६ अंक छ । यस्तै तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३९ अंक छ ।
इंग्लिस प्रिमियर लिग
लिभरपुल
स्टोक सिटी