बिग ब्यासमा एन्ड्रे रसेलको ब्याटमा लागेको प्रतिबन्ध हट्यो
पुस–१३ । अस्ट्रेलियन बिग ब्यासमा सिड्नी थण्डरको लागि खेल्दै आएका एन्ड्रे रसेलले आफ्नो ब्याट प्रयोग गर्न पाउने बताइएको छ । उनको ब्याटमा केही परिवर्तन ल्याएपछि उनको ब्याटको प्रतिबन्ध हटाइएको हो ।
केही समय अगाडि क्रिकेट अस्ट्रेलियाले बिग ब्यासमा एन्ड्रे रसेलले प्र्रयोग गरेको कालो र गुलाबी रंगको ब्याटमा प्रतिबन्ध लगाएको थियो ।
रसेलले प्रयोग गरेका ब्याटको रंगले बलमा दाग लागेपछि ब्याटमा प्रतिबन्ध लागेको थियो ।
बिग ब्यासका प्रमुख एन्थोनी एभरार्डले भने, ‘ब्याटमा निर्मल पाटा लगाइएको छ ।’ जस पश्चात रंग बलमा लाग्ने छैन ।
बिग ब्यासमा आफू रहेको क्लबको साझा रंग अथवा कालो रंगको ब्याट प्रयोग गर्न पाइने नियम रहेको छ ।
एन्ड्रे रसेल
बिग ब्यास