खेल

खेलमा गरेको गल्ती तथ्यसाथ आए कारबाही गर्ने विष्टको प्रतिबद्धता

खेलमा गरेको गल्ती तथ्यसाथ आए कारबाही गर्ने विष्टको प्रतिबद्धता
पुस–१३ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले खेलाडी तथा अफिसियलले गल्ती गरेकोे तथ्य आफूकहाँ आइपुगे कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । खेलाडी तथा अफिसियलहरुको बसोबास व्यवस्थित नभएको गुनासो सुनेपछि धरानमा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई देखाउनुस् त्यस्तालाई हामी कारबाही गर्छौं ।’ ‘कुनै खेलाडी तथा अफिसियलले गल्ती गरेका छन् भनेर म कहाँ आयो भने कारबाही गर्छु तर अरुको भरमा तपाईंहरुले पनि भनिदिनुभएन,’ विष्टले बताए । तर सबै कुरा तथ्यसंगत आएमा राखेप कारबाही गर्न तयार रहेको बताए । सातौं राष्ट्रिय खेलकुद न्युनतम अन्तराष्ट्रिय मापदण्डमा पूरा भएको उनले दाबी गरेका छन् । प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दकिशोर पुनले धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने बताएका छन् ।

केशवकुमार विष्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप)

विशेष