खेल

गोसाइँकुण्ड क्षेत्रमा स्की खेल सम्पन्न

गोसाइँकुण्ड क्षेत्रमा स्की खेल सम्पन्न
पुस–१३ । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित स्की खेल (हिउँमा खेलिने) बुधबार सम्पन्न भएको छ । हिमालयन स्की खेल प्रालिका कार्यकारी निर्देशक ललितबहादुर श्रीसका अनुसार समुदायमा आधारित पर्यटन प्रवद्र्धनको विकासमा मद्दत पुर्‍याउने अभिप्रायले महोत्सवको आयोजना गरी गोसाइँकुण्ड र सूर्यकुण्ड इलाका क्षेत्रमा स्की खेल कार्यक्रम सम्पन्न गरिएको हो । खेलमा ५० स्वदेशी तथा २५ विदेशी नागरिक सहभागी भएको बताइएको छ । यही पुस ३ गतेदेखि सुरु भएको स्की खेलका क्रममा गत आइतबार हिमाली क्षेत्रमा परेको हिमपातले खेलाडीमा थप उत्साह बढेको थियो । प्रालिका कार्यकारी निर्देशक श्रीसले पाँच वर्षअघिदेखि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा आलोपालो रुपमा खेल सञ्चालन गरिँदै आएको जानकारी दिए । रासस

गोसाइँकुण्ड स्की

विशेष