मनोरञ्जन

जन्मदिनको अवसरमा सलमानले आफ्ना मित्रलाई दिए यस्तो उपहार

जन्मदिनको अवसरमा सलमानले आफ्ना मित्रलाई दिए यस्तो उपहार
पुस १३ । अभिनेता सलमान खाानले मंगलबार ५१ औँ जन्मदिनको अवसरमा आफ्ना नजिकका कलाकार मित्रहरुलाई सर्प्रइज गिफ्ट दिएका छन् । पानभेल फार्म हाउसमा उनले केही नजिकका इष्ट मित्र र परिवारका साथ जन्मदिन मनाए । सलमानको एउटा अजिब बानी के भने, उनी सकेसम्म अरुबाट यदि गिफ्ट पाएका छन् भने आफू पनि उक्त उपहार फर्काउने गर्छन् । जन्मदिनको अवसर पारेर उनले उक्त काम पूरा गर्ने मौका पाएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा सहभागित जनाउने सबैलाई ‘बिइङ ह्युमन’ ले भर्खरै चर्चामा ल्यएको ज्वेलरी उपहार दिएका छन् । उनको चर्चित च्यारीटि फााउण्डेसन रहेको ‘बिइङ ह्युमन’ ले ज्वेलरी पनि बजारमा ल्याउने तयारीमा छ । सलमानको जन्मदिनमा उक्त ज्वेलरी उपहारस्वरुप पाएपछि बलिउड अभिनेत्री बिपासा बासुले ज्वेलरीसहितको फेटो सोसल मिडियामा सेयर गरेकी थिइन् । — एजेन्सी

जन्मदिन सलमान खान

विशेष