समाज

सहयोग गर्न एमाले नेतृत्वलाई आग्रह

सहयोग गर्न एमाले नेतृत्वलाई आग्रह
पुस - १३ । मानवअधिकार तथा शान्ति समाजले लामो समयदेखि अवरूद्ध संसद् सञ्चालन गर्ने कार्यमा सहयोग गर्न एमाले नेतृत्वलाई आग्रह गरेको छ । 'कुनै बेला नेपाली कांग्रेसले, कुनै बेला माओवादी केन्द्रले यसपटक एमालेको अगुवाइमा भइरहेको संसद् अवरुद्ध गर्ने कार्यको शान्ति समाज विरोध गर्दछ,' समाजद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ -' संसद् सञ्चालन गर्ने कार्यमा सहयोग गर्न एमाले नेतृत्वलाई विनम्रतापूर्वक आग्रह गर्दछ' २०६४ सालमा संविधानसभाको निर्वाचन भएपछि संविधानसभा संसद्लाई पटकपटक अवरुद्ध गर्ने काम हुँदैँ आए पनि समाजले पटकरपटक त्यसको विरोध गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । 'जनताबाट निर्वाचित संसद् भनेको लोकतन्त्रको मेरुदण्ड हो, समस्याको शान्तिपूर्ण तवरले समाधान गर्ने र निकास दिने थलो पनि संसद् नै हो, त्यसैले संसद्को भूमिका सदैव प्रभावकारी हुनुपर्छ, जनताद्वारा निर्वाचित सार्वभौम संसद् कहिल्यै पनि कसैले पनि अवरुद्ध गर्नु हुँदैँन'–विज्ञप्तिमा भनिएको छ ।

Human Rights & Peace Society

विशेष