समाज

दर्जनौँ युवती ठग्ने दुई व्यक्ति पक्राउ

दर्जनौँ युवती ठग्ने दुई व्यक्ति पक्राउ
पुस–१३ । ठगी कार्यमा नवीन प्रवृति अपनाई दर्जनौ युवतीलाई ठग्दै आएका दुई व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । अभिषेक केसी भन्ने नेत्रप्रसाद गिरी र रविन केसी भन्ने रविन कुमार चिमरियालाई ठगीको आरोपमा काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबैले दर्जनौँ युवतीहरुलाई विभिन्न प्रलोभन देखाइ आफू सम्पन्न तथा सम्मानित व्यक्ति भएको भ्रममा पारी प्रेम तथा विवाह गरी शारीरिक शोषण गर्ने गरेका थिए । त्यस्तै वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै गलत विवरण देखाएर रकम असुली गरी सम्पर्क विहीन हुने गरेको ब्यूरोले जनाएको छ । उनीहरुले युवतीहरूलाई विवाह गर्छु भनि विभिन्न बनावटी समस्या देखाउदैं रकम माग गर्ने गरे गरेका थिए । देशका विभिन्न स्थानहरूमा गई अशिक्षित तथा निर्दोष युवतीहरुलाई लक्षित गरी ठगी गर्ने गरेको ब्यूरोले जनाएको छ । उनीहरुले सिम कार्ड समेत पीडितको प्रयोग गर्ने गरेका थिए । विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी, बैंक तथा वित्तिय संस्थाहरूबाट रकम प्राप्त गर्दा अन्य व्यक्तिहरूको कागजातहरू पेश गरी रकम झिक्ने गरेको थिए । ठगि गरी जम्मा भएको रकमले मोजमस्ती गर्ने र विभिन्न देशहरूमा गई क्यासिनोमा जुवा खेल्ने गरेका थिए ।

ठगी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो

विशेष