खेल

सावित्राको ह्याट्रिकसंगै नेपाल सेमिफानलमा प्रवेश

सावित्राको ह्याट्रिकसंगै नेपाल सेमिफानलमा प्रवेश
पुस - १३ । चौथो महिला साफ च्याम्पियनसिपमा फुटबलमा नेपालले माल्दिभ्सलाई ९–० को अन्तरले पराजित गरेको छ । लगातार दुई खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ । भारतको सिलिगुडीमा रहेको कन्चनजंङ्गा रङ्गशालामा चलिरहेको खेलमा नेपालकी साबित्रा भण्डारीले ५ गोल गरिन् । उनले गएको सोमबार भुटानविरुद्ध पनि ५ गोल गरेकी थिइन् । नेपालको तर्फबाट एकै खेलमा पाँच गोल गर्ने साबित्रा एक्ली खेलाडी हुन् । साबित्राले माल्दिभ्सविरुद्ध खेलको १२ औँ, २८ औँ, ३९ औँ, ५० औँ, ६३ औँ मिनेटमा गोल गरिन् । यस्तै मन्जली योञ्जनले खेलको ५२ औँ मिनेटमा, ७० औँ मिनेटमा सपना लामाले र ७३ औँ मिनेटमा हिरा भुजेलले गोल गरिन् । निर्मला बिकेले खेलको अतिरिक्त समयमा गोल गरेर नेपाललाई ९-० को जित दिलाइन् ।

चौथो महिला साफ च्याम्पियनसिप

विशेष