समाज

मध्यरातमा मन्त्री सडकमा निस्केपछि...

मध्यरातमा मन्त्री सडकमा निस्केपछि...

पुस १४ । पुस महिनाको कठ्याङ्ग्रिने जाडो, घडीमा करीब रातको १० बजिसकेको थियो । काठमाडौंका सडकहरू सुनसान भइसकेका थिए । मंगलवार राति गौशालाको सडकमा एकाएक मानिसहरूको ठूलै भीड देखियो । ठूला–ठूला उपकरणहरूले सडकछेउ करीब आठ फीट गहिरो खाडल खनेर ठूला–ठूला पाइपहरू बिछ्याउँदै थिए ।

त्यसै भीडको बीचमा फुर्तिलो एक व्यक्ति हँसिलो र प्रसन्न मुद्रामा देखिए । मंगलवार राति सडकमा सुकिलो व्यक्ति देखेपछि एकछिन कामदार अकमक्कमा परे । त्यो राति सडक चहार्ने व्यक्ति थिए खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का ।

काठमाडौंमा रातको चहलपहल घट्दै गएका समयमा मन्त्रालयका सचिव तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका उच्चपदस्थ अधिकारी लिएर राज्यमन्त्री खड्का सडकमा पुगेका थिए ।

Deepka Khaka

विशेष