इतिहासमा आज

स्मृतिमा प्रिय राजा वीरेन्द्र

स्मृतिमा प्रिय राजा वीरेन्द्र

पुस १४ । स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औँ जन्मजयन्ती । बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो ।

तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।

शाहवंशका दशौं राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दीपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

birendra shah King Birendra

विशेष