समाज

काठमाडौंबासीको बानी बिग्रेछ, दुई घण्टा बत्ति जाँदा देखियो यस्तो छटपटी

काठमाडौंबासीको बानी बिग्रेछ, दुई घण्टा बत्ति जाँदा देखियो यस्तो छटपटी

पुस १४ । धेरै समय पछि आज विहान काठमाडौं उपत्यकामा विद्युत आपूर्ति २ घण्टा अवरुद्ध भयो । विद्युत आपूर्ति अवरुद्ध भएसँगै उपत्यकाबासीहरुमा भिन्दै छटपटी देखियो ।

लोडसेडिङ मुक्त रहेका उपत्यकाबासीले केहि महिना अघिसम्मको घण्टौंको लोडसेडिङ भुलिसकेको प्रष्ट भयो । खासमा आज लोडसेडिङ भएको थिएन मर्सयाङ्दी स्युचाटार १३२ केभीको प्रशारण लाइनको जम्पर तार चुँडिएपछि विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।

आज विहान ७ः२० बजेबाट विद्युत अवरुद्ध भएको हो त्यसको मर्मत कार्य चलिरहेको र केही समयपछि आपूर्ति सहज हुने विद्युत प्राधिरणका प्रवत्ता प्रबल अधिकारीले बताए । उनका अनुसार बैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाईबाट विद्युत सेवा सुचारु गरिएको छ ।

विशेष