मनोरञ्जन मोडेल वाच समाज

मिस ईकलेजका कारण फेरिएको दैनिकी, र्याम्प वाकदेखि जुम्बा डान्ससम्म

मिस ईकलेजका कारण फेरिएको दैनिकी, र्याम्प वाकदेखि जुम्बा डान्ससम्म

सुदिपा अधिकारीको दिनचर्या फेरिएको छ । काठमाडौंको साउद वेस्र्टन स्टेट कलेजमा कक्षा ११ मा अध्ययनरत सुदिपालाई हिजोआज भ्याइनभ्याइ छ । कारण बनेको छ मिस ईकलेज २०१६ ।

मिस ईकलेजको सातौ संस्करणको उपाधि आफ्नो पोल्टामा पार्न सुदिपाजस्तै १६ देखि २४ बर्षका १९ छात्राहरु अन्तिम कसरतमा छन् । शनिबार राष्ट्रिय नाचघर जमलमा मिस ईकलेजको घोषणा हुनेछ । ‘म आत्मविश्वास बढाउँन र केही सिक्नका लागि मिस ईकलेजमा सहभागी भएकी हुँ । विभिन्न ज्ञानबद्र्धक अन्तरक्रियाबाट मैले धेरै सिक्न पाएँ ।’ रामेछाप पुख्र्यौली घर भइ काठमाडौं बस्ने सुदिपाले नेपाल आजसँगको कुराकानीमा भनिन् ।

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । सुदिपाजस्तै १९ युवतीहरु केही हप्तायता र्याम्प वाकदेखि जुम्बा डान्समा व्यस्त छन् । जनचेतनासम्बन्धी कार्यक्रमदेखि मेक अपसम्मको तालिममा उनीहरु सहभागी हुँदै आएका छन् । ‘बौद्धिक तथा शारीरिक सौन्र्दयको यथोचित समायोजन नै बास्तविक सुन्दरता हो । हामी दुबै पक्षमा उनीहरुलाई पोक्त बनाउने प्रयासमा छौँ ।’ आयोजक वन्तको भनाइ छ ।

प्रतियोगीहरुको मूल्याँकन तीन चरणमा हुने गर्दछ । आयोजकले तालिम अवधिभरीका गतिविधिबाट गर्ने आन्तरिक मूल्याँकन, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले अन्तिम दिन गर्ने प्रश्नोत्तर र अनलाइन भोटिङबाट प्राप्त हुने मतको कूल समायोजनबाट मिस ईकलेज छानिने आयोजक सिजन मिडियाले जनाएको छ ।

यसका लागि मोवाइल बक्समा अंग्रेजीमा मी लेखेर एक स्पेस छाडेर प्रतियोगीको नम्बर लेखेर ३३००० मा म्यासेज गर्न सकिने छ । शनिबार बिहान १० बजेसम्म म्यासेज गर्न सकिने प्रतियोगी नम्बर १३ रहेकी सुदिपाले जानकारी दिइन् ।

प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१६” कोे ताज उपाधि सहित रु एकलाख ७५ हजार पर्ने स्कुटर र उच्च शिक्षाकाे छात्रावृत्ति पाउने आयोजकको भनाइ छ । फस्ट रनर अप र सेकेण्ड रनर अपले मोवाइल तथा विभिन्न गिफ्टहयाम्परहरु तथा छात्रावृत्ति प्राप्त गर्ने छन् । अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

Miss E-college Miss E-College Beauty contest Sudipa Sudipa Adhikari

विशेष