मर्स्याङ्दी–स्युचाटार अवरुद्ध विद्युत् प्रसारण पुनः सुरू
पुस - १४ । मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरू भएको छ ।
प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ। आज बिहान ७ः२० बजे एकाएक मर्स्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मत कार्य अगाडि बढाइसकेको छ । वैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत् सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
मर्स्याङ्दी–स्युचाटार