खेल

साउथह्यामप्टनको सुरुवाति अग्रता तोड्दै टोटनह्याम विजयी

साउथह्यामप्टनको सुरुवाति अग्रता तोड्दै टोटनह्याम विजयी
पुस–१४ । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति  टोटनह्याम साउथह्यामप्टन विरुद्धकाे खेलमा विजयी भएको छ । टोटनह्यामले १० खेलाडीमा सीमित भएको साउथह्यामप्टनलाई ४–१ गोलको अन्तरले पराजित गरेको हो । साउथह्यामप्टनका लागि खेलको दोस्रो मिनेटमै भान डिजेकले गोल गरेपनि जितको लागि पर्याप्त रहेन । टोटनह्यामको लागि डेल अलीले दुई गरे भने ह्यारी केन र सन ह्युङ मिनले १–१ गोल गरे । साउथह्यामप्टनले पाएको सुरुवाति अग्रतालाई १९ औँ मिनेटमा अलीले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । पहिलो हाफ १–१ को बराबरी भएको खेलमा ५२ औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामले अग्रता दिलाए । साउथह्यामप्टनका नाथन रेडमण्डले ५७ औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट निस्किएपछि टोली १० खेलाडीमा सीमित रह्यो । त्यसपछि खेलको ८५ औँ मिनेटमा सनले र ८७ औँ मिनेटमा अलीले गोल गरेपछि टोटनह्यामले ४–१ को जित दर्ता गर्यो । जितपछि पाँचौ स्थानको टोटनह्यामको १८ खेलबाट ३६ अंक भएको छ ।

इंग्लिस प्रिमियर लिग टोटनह्याम

विशेष