देश

भारतीय नम्बर ट्रकको ठक्करबाट मोटरसाइकमा सवार बालकको मृत्यु

भारतीय नम्बर ट्रकको ठक्करबाट मोटरसाइकमा सवार बालकको मृत्यु
पुस – १४ । भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । दुर्घटनामा परि स्थानीय १० वर्षीय बालक विकाश शहनीको मृत्यु भएको हो । नवलपरासी, हकुई – ८ तोरिया पुलस्थित हुलाकी सडक खण्डमा भारतीय नम्बरको ट्रकले लु २ प ७४६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालकलाई उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित ट्रक चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी

विशेष