अपराध सुरक्षा देश

भारतीय सीमा नजिक दुई हवल्दारमाथि गाेली प्रहार

भारतीय सीमा नजिक दुई हवल्दारमाथि गाेली प्रहार
पुस – १४ । बिहीबार दिउँसो कपिलवस्तुको कृष्णनगर सीमा नजिकको लक्ष्मीनगर नाकामा सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ ।इलाका प्रहरी कार्यालय कृष्णनगरबाट करिब एक किलोमिटरको दूरीमा रहेका हवल्दारद्वय कर्णबहादुर पुन र मोहन श्रेष्ठमाथि गोली प्रहार भएको हो । उनीहरु दुबैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको खोजीका लागि भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले अप्रेशन सुरु गरेको छ । घटनास्थलमा एयर गणको छर्रा जस्तो देखिने गोली फेला परेको छ । स्थानीयका अनुसार तीन राउण्ड फायर भएको आवाज सुनिएको थियो । कसले किन गोली प्रहार र्गयो भन्ने विवरण अझै खुल्न सकेकोे छैन ।

गोली प्रहार

विशेष