नेपालमा गौहत्या रोकियोस्ः विश्व हिन्दू महासंघ
पुस १४ । हिन्दु राष्ट्र नेपालका अभियन्ताहरुले नेपालमा गौ हत्यामा संलग्नहरुलाई कडा कारबाहीको माग गरेका छन् ।
बुधबार वीरगञ्जमा आयोजित आम सभामा बोल्दै हिन्दुवादी अभियन्ताहरुले गौ हत्या, मासुका लागि गाइको किनबेच प्रति चिन्ता व्यक्त गरेका हुन् । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिको आयोजनामा सम्पन्न आमसभामा संस्थाका अध्यक्ष भरत केशर सिंहले नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गर्नु नै ठूलो भूल भएको बताए । उनले भने, ‘जनताको चाहना धर्मनिरपेक्ष मुलुक होइन, यो विषय आन्दोलनको माग पनि थिएन । यति ठूलो विषयमा जनमत संग्रह पनि गरिएन । यसकारण यो धर्मनिरपेक्षता नमान्ने अधिकार सबैलाई छ । ’
आमसभामा महासंघकी महासचिव अस्मिता भण्डारीले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा पृथ्वीनारायण शाहलाई सम्झना गर्नु पर्ने बताइन । उनले नेपालको इतिहास, धर्म, संस्कृति मेटाउन उद्दत सरकारले पुस २७ मा पृथ्वी जयन्ती मनाएर आफ्नो गल्ति सच्याउनु पर्ने धारणा राखिन् । उनले भनिन्, ‘पुस २७ मा सार्वजनिक विदा हुनुपर्छ । नोट र सिक्कामा पृथ्वीनारायण शाहको तस्बिर अंकित हुनुपर्छ ।’
उनले सुुदूरपश्चिमाञ्चलनमा सामूहिक रुपमै गौ हत्या भइरहेकोले तत्काल रोक्न सरकारस“ग माग पनि गरिन् । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष निलप्रसाद भण्डारीले देशव्यापी संगठन विस्तार गर्दै मुलुकलाई हिन्दू राष्ट्र पुनस्र्थापना गराएरै छाड्ने उद्घोष गरे । त्यस्तै नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक नरेशराज गिरीले संघीयताले मुलुकमा जातीय द्वन्द्व निम्ताई देशलाई विभाजनको संघारमा उभ्याउने षडयन्त्रमा नेपालका राजनीतिक दलहरू सक्रिय रुपमा लागिपरेकोले देशको रक्षाका निम्ति सम्पूर्ण देशवासीहरु राजासहितको हिन्दू अधिराज्य पुनस्र्थापना गराउन एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली का“ग्रेस पार्टीका वरिष्ठ नेता एवं नेविसंघका संस्थापक संयोजक देवेन्द्रलाल नेपाली, वरिष्ठ समाजसेवी एवं जेष्ठ नागरिक संघका संस्थापक अध्यक्ष पशुपतिविक्रम शाह, राजसंस्थावादी वृहद समूहका संयोजक एवं राष्ट्रिय जनता पार्टी राजावादीका संस्थापक अध्यक्ष किशोरी महतो, विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य पृथ्वीप्रसाद झा, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका वरिष्ठ उपसभापति रामभुषण मिश्र, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका नारायणी अंचल सभापति हरिविलाश खनाल, नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह, राजसंस्था पुनस्र्थापना संघर्ष समितिका केन्द्रिय अध्यक्ष गणेश साह, विश्व हिन्दू महासंघ पर्साका जिल्ला अध्यक्ष राजकिशोर चौवे, नेपाल राष्ट्रवादी शान्ति समुह बारा पर्साका संस्थापक अब्दूल सत्तार अंसारी, मिसन नेपाल पर्साका अध्यक्ष विराज यादव, राष्ट्रिय सरोकार मञ्च नारायणी अंचलका संयोजक नन्द किशोर गोयल, राष्ट्रिय नागरक संघर्ष समिति पर्साका अध्यक्ष दिनानाथ यादव, देशभक्त राजभक्त समुह पर्साका अध्यक्ष पशुपति रौनियार, शिवसेना नेपाल बारा पर्साका युवा अध्यक्ष आशीश तिवारी, नारायणी अंचल सदस्य रविलाल दुवाडी, बलराम शिवाकोटी, चितवन नगर अध्यक्ष बालकुमारी अर्याल, सहित्यकार अरुणविक्रम शाह, अनु राणा, बिगा राउत गदीलगायत विभिन्न राष्ट्रवादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।