देश

'आगलागी नियन्त्रणदेखि राहत वितरणसम्म नेपाली सेना'

'आगलागी नियन्त्रणदेखि राहत वितरणसम्म नेपाली सेना'
पुस - १४ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपीडित परिवारलाई विहीबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्ध गराएको छ । संक्रान्तिबजार आइपुगेका सैनिक श्रीमती संघ (नेपाली सेना) को टोलीले इलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि १ हजार ७ सय १० केजि चामल, ९० थान ज्याकेट र ७८ थान कम्बल प्रदान गरेका छन् । सैनिक श्रीमती संघ (नेपाली सेना) भद्रकाली, काठमाडौंको सहयोगमा प्राप्त राहत सामग्री अग्निपीडित ७३ विस्थापति परिवारलाई वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै भैरवदल गण पाँचरका प्रमुख सेनानी शिवराज पन्तले करोडौँको क्षति भएको यो दुःखको घडिमा पीडितहरुलाई साहानुभूति स्वरुप मलम लगाउने प्रयत्न गरिएको बताए । पुस १ गते भएको आगलागी नियन्त्रणदेखि राहत वितरण गर्दै आएको गणले आठराई क्षेत्रमा आइपर्ने जुनसुकै आपतकालिन विपत्तिमा सहयोग गर्ने गणपति पन्तले बताए । त्यस्तै कार्यक्रममा संघकी सदस्य पूजा पन्तले भैपरी आइपर्ने घटनाहरु नियन्त्रणमा आकस्मिक निर्णय गर्न नसकिएकाले यतिका धेरै क्षति भएको बताइन्। उनले आपतकालिन अवस्थामा गाउँका युवाहरुलाई विपत्तिबाट हुन सक्ने जुनसुकै घटना नियन्त्रणबारे प्रशिक्षित गराउनु पर्ने भएकाले यसमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने उल्लेख गरिन् । संक्रान्तिबजारमा भएको भिषण आगलागी भैरवदल गण पाँचरबाट आएको नेपाली सेनाको टोली सहितको सुरक्षा निकाय, दम्कल र स्थानिय डोजरको ४ घण्टा लामो प्रयास पछि नियन्त्रणमा आएको थियो । आगलागीबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपीडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।
अमृत बास्तोला/तेह्रथुम

अग्निपीडित तेह्रथुम

विशेष