समाज

रौतहटमा बस दुर्घटना ९ जना घाइते

रौतहटमा बस दुर्घटना ९ जना घाइते

पुस १५ । रौतहटकोचन्द्रपुरमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन । आज बिहान साढे ३ बजे काँकडभिट्टाबाट विरगन्जतर्फ आउँदै गरेको ना ४ ख ७०४७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

दुर्घटनामा बसमा सवार ९ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको चपुर अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ । दुर्घटनामा संलग्न बस प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार रहेका चालकको खोजि भैरहेको ईलाका प्रहरी कार्यलय चपुरले जनाएको छ ।

Road Accidnet

विशेष