आफूभन्दा बढी उमेरका महिलासँग विवाह गर्ने यी सेलिब्रेटीहरु
भनिन्छ, माया अन्धो हुन्छ, मायामा जात, रुपरंग, उमेरको ख्याल गरिँदैन । हुन पनि हो धेरै प्रेमिल जोडीका कथाहरु त्यस्तै छन् । सामान्य विवाहमा महिला भन्दा पूरुष बढी उमेरका हुन्छन् । पुरुष नै बढी उमेरको हुनु पर्ने कुनै नियम भने छैन । यो एक सामाजिक चलन जस्तो मात्रै हो । यस्तो चलनलाई वेवास्ता गर्दै विश्वमा धेरै सेलिब्रेटीहरुले आफूभन्दा बढी उमेरका महिलासँग विवाह गरेका छन् ।
अर्जुन रामपाल र मेर जेसियाः अर्जुन भन्दा मेर जेसिया दुई वर्ष जेठी छिन् । उनीहरुका दुई छोरी पनि छन् ।
अभिषेक –ऐश्वर्याः बलिउड स्टार ऐश्वर्या राय अभिषेक भन्दा दुई वर्ष जेठी छिन् । उनीहरुको विवाह सन २००७ मा भएको थियो । यो दम्पत्तिले छोरी आराध्या प्राप्त गरिसकेको छ ।
सचिन तेन्दुलकर– अञ्जली तेन्दुलकरः भारतीय क्रिकेटर सचिन तेन्दलकरले आफूभन्दा ६ वर्ष जेठी महिला अञ्जलीसँग विवाह गरेका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् ।
राज कुन्द्रा र शिल्पा सेट्टीः बलिउडकी कलाकार शिल्पा सेट्टी र व्यवसायी राज कुन्द्रबीच विवाह भएको थियो । शिल्पा राजभन्दा तीन महिना जेठी छिन् । उनीहरुको जोडी चलिरहेकै छ । उनीहरुको एक छोरा पनि छन् ।
शिरिष कुन्देर र फराह खानः फिल्म निर्मात्री फराह खानले आफुभन्दा ८ वर्ष कान्छा शिरिष कुन्देरसँग विवाह गरेकी छिन् । ‘मै हुँ ना’ भन्ने फिल्म निर्माणका क्रममा यी दुईको भेट भएको थियो ।
फरान अख्तर र अधुना अख्तरः फरान अख्तर उनकी श्रीमतीबीच ६ बर्षको अन्तर रहेको छ । फरान र अधुनाको भेट ‘दिल चाहता है’को सेटमा भएको थियो । सन २००० मा फरान र अधुनाले बिवाह गरेका थिए । अक्तर दाम्पतीका दुई छोरीहरु शाक्या र अकीरा छन । अहिले फरान र अधुना छुट्टीएका छन ।
सैफ अली खान र अमृता सिंहः सैफ अलि खानकी जेठी पत्नी अमृता सिंह उनीभन्दा १२ वर्ष जेठी थिइन । अहिले यिनीहरु अलग भइसकेका छन् । यी दुईबाट दुई सन्तान छन् ।
आदीत्य पञ्चोली र जरीना वाहबः आदीत्य पञ्चोली र जरीना वाहबको भेट ‘कलंक का टिका’ मा भएको थियो । यी दुईले १९८६ मा बिहे गरेका थिए । आदीत्य र जरीना दुई सन्तान छोरी सना र छोरा सोरज छन् ।