मनोरञ्जन

यि हुन संसारका सबैभन्दा कामुक दश महिला

यि हुन संसारका सबैभन्दा कामुक दश महिला

अमेरिकाबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन २०१६ कै उत्कृष्ट १० कामुक महिलाहरुको सूची सार्वजनिक गरेको छ । जसमा ३० वर्ष उमेरदेखि ४७ वर्ष उमेरसम्मका महिला परेका छन् । जसमा हलिउडका अभिनेत्रीहरुको बाहुल्यता रहेको छ ।

उत्कृष्ट १० मा क्रमशः स्कारलेट जोहान्सन, एन्जेलिना जोली, ओलिभिया वाइल्ड, नाताली पोर्टम्यान, मिला कुनिस, मेगम फक्स, मारियन कोटिलाई, जेसिका अल्वा, चार्लिज थेरोन र जेनिफर एनिस्टन परेका छन् ।

उत्कृष्ट १ मा परेकी स्कारलेट जोहान्सन केही वर्षयता यो सूचीबाट हराएकी थिइन् । गायिकासमेत रहेकी उनको एउटा सन्तान छ । उनले पहिलो पतिसँग पारपाचुके गरी दोस्रो विवाह गरेकी छन् ।

उत्कृष्ट २ मा परेकी एन्जेलिना जोली पनि केही वर्षयतादेखि यो सूचीबाट हराएकी थिइन् । उनी हालसालै ब्राट पिटसँगको सम्बन्ध बिच्छेदपछि चर्चामा छिन् ।

उत्कृष्ट ३ मा परेकी ओलिभिया वाइल्ड पनि पहिलो पतिसँग पारपाचुके गरेकी महिला हुन् । पति टाओ रुस्पेलीसँग सम्बन्ध विच्छेद गरेकी उनी ज्यासोन सुडेकीसँग लिभ इन रिलेसनमा छिन् ।

उत्कृष्ट ४ मा परेकी नाताली पोर्टम्यान पनि लामै समय सूचीबाट हराएर फेरी प्रवेश पाएकी हुन् । हलिउड अभिनेत्री उनको एक छोरा छन् । उत्कृष्ट ५ मा परेकी हलिउड अभिनेत्री मिला कुनिस हलिउड अभिनेता एस्टोन कुचरकी श्रीमती हुन् । उनीहरुका एक छोरा छन् ।

उत्कृष्ट ६ मा परेकी मेगन फक्स तीन सन्तानकी आमा हुन् । उनले चलचित्रको तुलनामा टेलिभिजन सो मार्फत बढी चर्चा कमाइरहेकी छन् ।

उत्कृष्ट ७ मा परेकी मरियन कोटीलाई पहिलो पटक यो सूचीमा प्रवेश गर्न सफल भएकी हुन् । फ्रान्सकी चलचित्र अभिनेत्री यिनी गिलाम कानेटसँग लिभ इन रिलेसनमा छिन् ।

उत्कृष्ट ८ की जेसिका अल्बाले पनि केही वर्षपछि पुनरागमन गरेकी हुन् । उनका दुई सन्तान छन । उत्कृट ९ की चार्लिज थेरोन दक्षिण अफ्रिकी रंगमञ्चमा नाम कमाएकी महिला हुन् । उनी अविवाहित हुन् । तर दुई सन्तान छन् ।

उत्कृष्ट १० की जेनफिर एनिस्टनले पनि लामो अन्तरालपछि पुनरागमन गरेकी हुन् । ४७ वर्षीया उनी ब्राड पिटसँग पारपाचुके गरी अहिले जस्टिन थेरोक्ससँग विवाहित छन् ।

World Sexi woman

विशेष