खेल

रोनाल्डोलाई पनि चिनियाँ क्लबको प्रस्ताव

रोनाल्डोलाई पनि चिनियाँ क्लबको प्रस्ताव
पुस–१५ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई एक चिनियाँ क्लबले २५० मिलियन पाउण्डमा चीन लैजान रियलसँग प्रस्ताव गरेको पोर्चुगल खेलाडीका एजेन्ट जजृ मेन्डेसले बताएका छन् । रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलब दिने प्रस्ताव ल्याएको तर क्लबको नाम भने खुलाइएको छैन । तर रोनाल्डोले नयाँ सम्झौता अनुसार २०२१ सम्म रियलमै बस्ने र अझै १० वर्ष खेल्न सक्ने बताएका छन् । चीनको क्लबले रियल मड्रिडलाई ३०० मिलियन युरो दिने र रोनाल्डोलाई १०० मिलियन युरो प्रतिवर्ष दिने प्रस्ताव गरेको छ । यस्तो प्रस्ताव आएपछि उनले भने,‘पैसा सबैथोक होइन । स्पेनिस क्लब रियलनै रोनाल्डोको जिन्दगी हो ।’ ‘चीनको फुटबल बजार नयाँ बजार हो । उनीहरुले थुप्रै खेलाडीहरु किन्न सक्छन् । तर रोनाल्डो त्यहाँ जानू असम्भव छ,’ मेन्डेसले भने । यसअघि डिसेम्बर २३ मा साङघाई एस्आईपिजीले चेल्सीबाट अस्कारलाई ६० मिलियन पाउण्डमा आबद्ध गराइसकेका छन् । त्यस्तै २९ डिसेम्बरमा मात्र सुपर लिगको साङघाई सेनहुवाले स्ट्राइकर कार्लोस तेभेजसँग पनि हस्ताक्षर गरिसकेका छन् ।

क्रिस्टियानो रोनाल्डो चिनियाँ क्लब

विशेष