खेल

समूह विजेता बन्दै नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश

समूह विजेता बन्दै नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश
पुस–१५ । चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा समूह विजेता बन्दै नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेर समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितको लागि सपना लामाले ८७ औँ मिनेटमा कर्नरबाट गोल गरिन् । त्यसअघि सावित्रा भण्डारीले ७१ औँ मिनेटमा गरेको गोल भने अफसाईड भएको थियो । यसअघि भएको दुई खेलमा नेपालले माल्दिभ्सलाई ९–० र भुटानलाई ८–० ले पराजित गरेको थियो । समूह उपविजेताकाे केही समयपछि माल्दिभ्स र भुटानबीचको खेलले टुंगो लगाउने छ ।

चौथो साफ महिला फुटबल च्याम्पियनसिप नेपाल श्रीलंका

विशेष