खेल

राष्ट्रिय खेलकुदको अन्तिम दिनमा एपिएफलाई फुटबलको स्वर्ण

राष्ट्रिय खेलकुदको अन्तिम दिनमा एपिएफलाई फुटबलको स्वर्ण
पुस–१५ । सातौँ राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार एपिएफ क्लब पहिलो पटक फुटबलको च्याम्पियन भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा एपिएफको लागि दुवै गोल अन्जन विष्टले गरे । आर्मीका कप्तान भरत खवासले खेलको अन्तिम समयमा गोल गरेपनि रेफ्रिले अफसाईड दिएपछि गोलले मान्यता पाएन । एपिएफले स्वर्ण पाएसँगै आर्मीले रजत तथा पुलिसले कास्य पदक जितेको छ ।

एपिएफ सातौँ राष्ट्रिय खेलकुद

विशेष