विचित्र विश्व स्वास्थ्य

सुन पनि औषधी !

सुन पनि औषधी !

 सुन पनि औषधी भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, सुन पनि औषधी हो । परापूर्वकालदेखिनै सुनलाई महत्वपूर्ण औषध रसायनको रुपमा प्रयोग गरिदै आएको छ । यसलाई सोझै औषधीको रुपमा प्रयोग गरिदैन । पहिला विभिन्न सोधन मारण विधिबाट भस्म आदि बनाइन्छ । त्यसपछि मात्रै विभिन्न योगको रुपमा महत्वपूर्ण औषधीहरु बनाइन्छ ।


उपयोग स्वर्ण मिश्रीत औषधिहरु बलबर्धक, हृदयबल्य, आयु बडाउने, बिर्यबर्धक, त्रीदोष सामक, पौस्टिक, उत्तेजक, स्फुर्ति्दिने, नेत्ररोग, ज्वरो, रक्त अल्पता, टिबि, अ्म्लपित्त, मुर्छा आदि रोगहमा प्रयोग हुने गर्दछ । त्यस्तै, सुनको मिश्रणबाट बनेका औषधी मानसिकलगायतका रोगको निवारणका लागि पनि प्रयोग हुँदै आएका छन् ।


सुनबाट बनेका केहि योगहरु कुमार्कल्याण रस, मकरध्वज, योगेन्द्र रस, बृहत कस्तुरी भैरब रस, रसराज, बसन्त मालती रस, स्वर्णपर्पटी, कुमुदेस्वर रस लगायत स्वर्ण मिश्रत रस औषधीको माग दिनप्रति दिन बढी रहेको छ ।

Gold-Medicine

विशेष