सत्ताइस पक्की पुल निर्माण हुँदै

पुस–१६ । जिविसले माेरङ जिल्लामा एकै साथ २७ पक्की पुुल निर्माणको कामलाई तीव्रता दिएको छ ।
जनताको मागअनुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुर, आमगाछी, मझारे, झोराहाट, टकुुवा, केराबारीलगायत स्थानमा पक्की पुल निर्माण गरिरहेको छ ।
त्यसमध्ये बाहुनीको कयरखोलमा करिब रु दुई करोड २२ लाखको लागतमा १८ मि र विराटनगरस्थित सिंगिया खोलामा रु सात करोड ६० लाखको लागतमा ६२ मि लामो पुल सञ्चालनको तयारीमा छन् ।
यसैगरी बुधनगरको खाद्र्राखोलामा रु ९५ लाखको लागतमा १५ मि, टङ्किसिनवारीको धाधरा खोलामा रु एक करोड ८७ लाखको लागतमा १५ मि, रङ्गेलीको घागी खोलामा रु एक करोड ८३ लाखको लागतमा १८ मि, रु ६२ लाखको लागतमा इटहराको कट्नु खोलामा १५ मि र बवियार्विताको कोचेनी खोलामा रु दुई करोड १३ लाखको लागतमा १८ मि लामो पक्की पुल बन्दै छन् । रासस
पक्की पुल निर्माण
माेरङ