समाज

नेपाली टोपी दिवस मनाउन आग्रह

नेपाली टोपी दिवस मनाउन आग्रह
पुस–१६ । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताए । शताब्दीऔँदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ । रासस

अङ्ग्रेजी नयाँ वर्ष नेपाली टोपी दिवस

विशेष