लागू औषधसहित दुई युवक पक्राउ

पुस–१६ । प्रहरीले शनिबार बिहान सिरहा नगरपालिका– ११ बाट लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडक खण्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित दुबै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । रासस
लागू औषध
सिरहा