स्वास्थ्य

यस्ता छन् कब्जियतबाट बच्ने ७ घरेलु उपाय

यस्ता छन् कब्जियतबाट बच्ने ७ घरेलु उपाय
कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ । १ पानी पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ । २ फलफूल तथा सागसब्जी ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ । ३ फाइबरयुक्त खाना हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्य चुकाइरहेका छाँै । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् । ४ गेडागुडी भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ । ५ उखुको जुस, खुदो र मह कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ । ६ अंगुर र कागती उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ । ७ व्यायाम विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेको स्टुल फाल्नका लागि उपयुक्त तरिका हो ।

कब्जियत

विशेष