देश

सवारी दुर्घटनामा एककाे मृत्यु

सवारी दुर्घटनामा एककाे मृत्यु
पुस - १६ । बाँकेको कोहलपुरमा मिनि ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फतेपुर बस्ने २८ वर्षिय दिलिप चौधरी रहेका छन् । दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार २७ वर्षिया किस्मी चौधरी र ६ वर्षिया दिपशिखा चौधरी घाइते भएकाले सोहि अस्पतालमै उपचार भइरहेको छ । शनिबार दिउँसो सवा २ बजे भे ६ प ४६०७ नम्बरको मोटरसाइकल र ना ४ ख ७८२ नम्बरको मिनि ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न दुबै सवारी साधन र मिनि ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

बाँके

विशेष