देश

जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुस - १६ । दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा शनिबार दिउँसोबाट हिमपात सुरु भएको छ । जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ । पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन् । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ ।

हिमपात

विशेष