देश

संक्रान्तिबजारमा १५ दिन नपुग्दै फेरि अर्काे अागलागी, १४ करोड ८ लाख बढीकाे क्षति

संक्रान्तिबजारमा १५ दिन नपुग्दै फेरि अर्काे अागलागी, १४ करोड ८ लाख बढीकाे क्षति
पुस १६ । तेह्रथुमको आठराई संक्रान्तिबजारमा आगलागी भएको १५ दिन नपुग्दै फेरि आठराईमा अर्को आगलागी भएको छ । संक्रान्तिबजार देखि करिब १० किलोमिटर टाढा ईवा गाविसमा १५ गते बेलुका भएको आगलागीबाट एउटा घर खरानी भएको छ । शुक्रबार बेलुका भएको आगलागीबाट ईवा ९ स्थित गंगाप्रसाद उप्रेतीको घरमा १ वर्ष अघिदेखि बन्दकी लगाई बस्दै आएका विष्णुप्रसाद उप्रेतीको घरसहित ग्वाली पूर्णरुपमा जलेर नष्ट भएको हो । भान्सा कोठामा रहेको चुलोदेखि सुरु भएको आगलागीबाट सुन, चाँदी, नगद, अन्न, लत्ताकपडा गरि १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । आगो छातेढुङ्गा प्रहरी चौकी र स्थानीको प्रयास पछि नियन्त्रणमा आएको थियो । संक्रान्तिबजारमा पुस १ गते शुक्रबार भिषण आगलागीको प्रहरीले गरेको मुचुल्का अनुसार १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट संक्रान्तिबजाका २३ घर पूर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो ।
अमृत बास्तोला / तेह्रथुम

आगलागी भिषण आगलागी

विशेष