पञ्जाबको हारपछि तनावमा प्रिटी जिन्टा
एजेन्सी प्रिटी जिन्टाको टिम किङ्स इलेभेन पंजावलाई अर्को एउटा ठूलो झड्का लागेको छ । टिमका स्टार अलराउन्डर अस्टे«लियाली क्रिकेटर ग्लेन म्याक्सवेल अस्ट्रेलिया फर्कने भएपछि पंजावलाइ ठूलो झड्का लागेको हो ।
मसल्समा समस्या आएपछि म्याक्सवेलले इन्डियन प्रिमियर लिगका बाँकी दुई खेल नखेल्ने भएका हुन् । गएरातीको खेलपछि म्याक्सवेलको पेटको बाँया हिस्सामा दुखाई बढेपछि उपचारको लागि उनी फर्कन लागेका क्रिकेट अस्टे«लियाका टिम फिजियो डेविड बिकले बताएका छन् ।
चोटसँगै प्रिटीको व्यवहारको कारण पनि म्याक्सवेल फर्कन लागेका हुनसक्ने भारतीय संचार माध्यमले बताएका छन् । यद्यपी हारको कारण जिन्टा निकै तनावमा देखिएकी छिन् ।