यसरी बढछ मान्छेकाे अायु
काठमाडाैँ ,४ ,जेठ
एक् अनुसन्धानले बताए अनुसार मान्छेले खाने खानलाई ४० प्रतिशतले घटायाे भने आयु २० वर्ष बढ्न सक्ने देखिएको छ ।युनिभरसिटी कलेज लण्डनको इन्स्चिट्युट अफ हेल्थ एजिङ अनुसन्धान केन्द्रले गरेको खोजले यस्तो निष्कर्ष निकालेको हो
जीवन शैली र वंशाणुगत गुणका कारण मानिसको जीवनको आयुलाई परिवर्तन गर्छ भन्ने खोज इन्स्चिट्युट अफ हेल्थ एजिङ ले गरेको थियो । उक्त अनुसन्धानबाट मानिसको जीवनको आयु दशकौ सम्म पनि बढ्न सक्ने अनुमान गरीएकाे थियाे ।
बृद्धपन बढ्दै जाँदा लाग्ने रोगहरू कार्डियोभास्कुलर सम्बन्धी रोग, क्यान्ससर, तथा न्युरोडिजेनेरेशन जस्ता रोगहरूलाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा अनुसन्धान केन्द्रित थियो ।
अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरुलेखानाका कारण पनि मानिसको आयु घट्ने या बढ्ने हुन्छ भन्ने निष्कर्ष निकालेका थिए ।
मुसामा गरेको यो प्रयोगबाट मुसाहरुको बाच्ने अवधीमा २०देखी ३० प्रतिशतसम्म मुसाको आयु बढाएकाले मानिसमा पनि उस्तै असर गर्ने अनुसन्धानकर्ताहरूको भनाई छ ।
अनुसन्धानका प्रमुख डा. पिपरले भने, यदी मुसाको खानालाई ४० प्रतिशतले घटाउने हो भने मुसा आफ्नो सामान्य आयूभन्दा करिब २० देखि ३० प्रतिशत बढि समय बाच्न सक्छ । त्यसैले मानिसको जीवन पनि करिब २० वर्ष बढी हुन सक्छ । ’ एजेन्सी