सिकारुले शुरुमा जुन स्कुटर र बाइक चलाउंछन्, किन्ने बेलामा उनीहरुको ध्यान त्यसैमा जान्छ । यसरी यातायात व्यवश्था विभागले प्लेजर र सुपर स्पेलेण्डरको प्रचार गरिरहेको छ ।
एकजनाबाट स्कुटरको ४६ रुपैया र मोटरसाइकलको ४७ रुपैयां उठाइन्छ । त्यसमा भ्याटपनि जोडिन्छ । यसो गर्दा स्कुटरको ५१ रुपैया ९८ पैसा र मोटर साइकलको ५३ रुपैया ११ पैसा हुन आउंछ । खुद्रा पैसा लिन र दिन नमिल्ने गरी शुल्क राखिएको छ । खुद्रा छैन भन्दै परीषार्थीबाट कम्तिमा पचपन्न रुपैया असुल गरिन्छ । रसिद भने कमको दिइन्छ । एउटा परीक्षार्थीबाट ३ रुपैयां बढी उठाउंदापनि बर्षको लाखौं ठगी हुन्छ । राज्य ठग्ने अर्को खेल झनै डरलाग्दो छ ।
कोटेश्वरकी रोजी मोक्तान मज्जैले स्कुटर चलाउन सक्थिन । काठमाडौंको व्यस्त सडकमा स्कुटर चलाउन अभ्यस्त भइसकेकी रोजीसंग लाइसेन्स थिएन । ‘दुर्घटना बाजा बजाएर आउंदैन, केही भइहाल्यो भने †’ घरकाले कराइरहन्थे । त्यसैले उनी चालक अनुमतिपत्रको परीक्षा अर्थात लाइसेन्सको इक्जाममा सहभागी भइन् । लिखित पास गरिन् । कस्ताकस्ता ठाऊंमा त स्कुटर चलाइसकेकी उनलाई ट्रयाल चुट्कीभरको कुरा थियो । तर, उनी ट्रायलमा अनुत्तिण भइन । त्यसपछि बल्ल थाहा पाइन डिओको स्कुटर जत्तिनै जानेको भएपनि ट्रायल पास भइंदोरहेनछ । ट्रायल दिदा त प्लेजर स्कुटर नै चलाउनु पर्दोरहेछ ।
उनीसंग डिओ थियो । तर, सिक्नैपर्ने भयो पेलेजर । ट्रनिङ सेन्टरमा गइन र सिकारुझैं सिक्न थालिन् पेलेजर स्कुटर । त्यसपछि उनका लागि ट्रायल गाहे भएन । अहिले आफुसंग प्लेजर स्कुटर भएको भए भन्ने लागिरहेको छ ।
रोजी मोक्तानलाई प्लेजर मन परेर सो स्कुटरमा मन गढेको होइन । ट्रयालमा पाएको दुःखका कारण उनलाई थकथकी लागेको हो । यस्तै अवश्था छ बाइकको पनि । सुपर स्पेलेण्डर बाइक चलाउनुपर्छ ट्रायलमा । यसको सोझो असर पर्छ व्यापारमा । सिकारुले शुरुमा जुन स्कुटर र बाइक चलाउंछन्, किन्ने बेलामा उनीहरुको ध्यान त्यसैमा जान्छ । यसरी यातायात व्यवश्था विभागले प्लेजर र सुपर स्पेलेण्डरको प्रचार गरिरहेको छ ।
भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टर का म्यनेजर माधव अधिकारी भन्छन्, “अरु कम्पनिले सहुलियतमा सवारीसाधन दिन्छौ ट्रायलमा हाम्रो गाडी राख्नुस भन्दा पनि हामीले ल्याउन पाएका छैनौ हिरो कम्पनि भने बिना लगानी प्रचारमा छ ।”
चालक अनुमततिपत्र पाउनका लागी लिईने अभ्यास परिक्षणका लागि यातायात व्यवश्था कार्यालयले स्कुटरको हकमा प्लेजर र मोटरसाईकलका हकमा सुपर स्पेलेण्डर प्रयोग गर्ने नियम बनाएको छ । सवारी चालक अनुमति बिवरण निर्देशिका परिच्छेद ३ को परीक्षाको व्यवस्थापन सम्बन्धी व्यस्वथा भएको ४ नं.मा लेखिएको छ, ‘ट्रायलस्थलमा यातायात व्यवस्था कार्यलयले स्वीकृत गरेको सवारीसाधनमात्र प्रयोग गर्न पाईनेछ । आफु खुशि सवारीसाधनको प्रयोग गर्न पाईने छैन ।’
यही प्रावधानको गलत फाईदा उठाउंदै कार्यलयले स्पेलेण्डर र प्लेजर स्कुटर अनिवार्य गरेको हो । कार्यालयलाई साधन छनौट गर्ने छुट दिएको छ । स्रोतका अनुसार यातायात कार्यालयका कर्मचारी र मन्त्रालयसम्म अधिकारीलाई प्लेजर र स्पेलेण्डरका थोक विक्रेताले खुशी बनाउन राम्रै पापड पेल्ने गर्दछ । हिरो कम्पनीले कर्मचारीलाई खुशी पार्न केही लगानी गर्छ । सो वापत उसका स्कुटर र मोटरसाइकल राम्रै गरि विक्री हुने वातावरण बन्छ ।
नेपाल कर्मश क्याम्पसकी कर्मचारी लक्ष्मी अर्याल भन्छिन्, “जुन स्कुटरमा हात बसेको छ त्यसैले दिन पाए पो सजिलो हुन्थ्यो कटाउनलाई । एउटामा हात बसायो अनि अर्कोले जाचं दिनुपर्दा नर्भस पनि भैदोरहेछ ।” आफुसंग भएको सवारी साधन ट्रयालमा प्रयोग गर्न नपाउने तर स्पेलेण्डर र प्लेजरनै प्रयोग गर्नैपर्ने किन ? उनी प्रतिप्रश्न गर्छिन ।
ट्रयालमा स्कुटर र मोटरसाइकल प्रयोग गरेवापत परीषार्थीसंग भिन्दै शुल्क लिइन्छ । एकजनाबाट स्कुटरको ४६ रुपैया र मोटरसाइकलको ४७ रुपैयां उठाइन्छ । त्यसमा भ्याटपनि जोडिन्छ । यसो गर्दा स्कुटरको ५१ रुपैया ९८ पैसा र मोटर साइकलको ५३ रुपैया ११ पैसा हुन आउंछ । खुद्रा पैसा लिन र दिन नमिल्ने गरी शुल्क राखिएको छ । खुद्रा छैन भन्दै परीषार्थीबाट कम्तिमा पचपन्न रुपैया असुल गरिन्छ । रसिद भने कमको दिइन्छ । एउटा परीक्षार्थीबाट ३ रुपैयां बढी उठाउंदापनि बर्षको लाखौं ठगी हुन्छ । राज्य ठग्ने अर्को खेल झनै डरलाग्दो छ ।
परीषार्थी आफैंसंग प्लेजर स्कुटर वा स्पेलेण्डर बाइक छ भनेपनि उनीहरुले यातायात व्यवश्था कार्यालयले उपलब्ध गराएको साधन चलाएर ट्रयाल दिनुपर्छ । तर, यातायात कार्यालयसंगपनि आफ्नो साधन छैन । उसले टेण्डर आह्वान गरेर स्कुटर र बाइक दिने कम्पनीको छनौट गर्छ । यसरी छनौटमा परेको कम्पनीले ट्रायल हुने दिन केही बाइक र स्कुटर मिनभवन स्थित प्रयोगात्मक परीषा स्थलमा पु¥याइदिन्छ । यसो गरेवापत उसले परीक्षार्थी बाट कम्तिमा ५२ रुपैंया उठाउंछ । अहिले भद्रकालीस्थित एजेण्टभेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले कार्यालयलाई प्लेजर बाइक र स्पेलेण्डर बाइक उपलब्ध गराइरहेको छ । यसले भद्रकाली आर्मी हेडक्वार्टरकै छेवैमा ट्रेनिङसेन्टर संचालन गरेको छ । यहांबाटै बाइक लगिने भएकाले सिकारुहरु यहीं सिक्न आउंछन् । उनीहरुलाई जुन बाइकमा सिकाइएको हो त्यही बाइकमा ट्रायल दिने वातावरण बनाइन्छ । हात बसिसकेको बाइक चलाउंदा परीक्षार्थीको आत्मबल बल्छ । अर्कोतर्फ भित्रि सेटिङलेपनि काम गर्छ ।
यातायात व्यवश्था कार्यालयले लाखौं तिरेर कुनै कम्पनिसंग बाइक र गाडी किन भाडामा लिन्छ ? किन कार्यालय आफैंले सवारी साधन किन्न सक्दैन ? प्रतिपरिक्षार्थी रकमबाटै ट्रेनिङ सेन्टरले बर्षको लाखौं उठाउछ जुन रकमले प्रयाप्तमात्रामा सवारी साधन किन्न सकिन्छ । तर कार्यालयका जिम्मेवार अधिकारीले नाम उल्लेख नगरिदिने सर्तमा भने, ‘यो हाम्रो नियन्त्रणमा छैन । नियमलेपनि कार्यालयले किन्न पाउंदैन ।‘
काठमाण्डौ नयाबानेश्वर स्थित रेसुङ्गा मोटर ड्राईभिङ्ग सेन्टरका संचालक उमेश कार्कीलाई यातायात व्यवस्था कार्यलयले स्पेलेण्डर र प्लेजर नै चाहिन्छ भनि गरेको निर्णय चित्त बुझेको छैन । “प्लेजर, स्पेलेण्डर र अल्टो गाडीले नै ट्रायल दिनुपर्ने निर्णयले गर्दा आफुसंग भएका अरुनै मोडलका गाडीहरु थन्काएर प्लेजर र सुपर स्पेलेण्डर किन्नु परेको छ । त्यसले नसिकाएसम्म प्रशिक्षार्थीहरु मान्दैमान्दैनन् । यो त बाध्यता जस्तै भईकेको छ ।”, कार्कीले दुखेसो पोखे ।