Technology

लाै अब आफ्नै आवाज र अनुहारबाट पासवर्ड ?

लाै अब आफ्नै आवाज र अनुहारबाट पासवर्ड ?
काठमाडाैँ ,८ ,जेठ प्राय मान्छेहरु आफनो स्मार्टफोन र ट्याबलेटको को सुरक्षाको बिषयमा चिन्तित हुँन्छन् । सुरक्षाको बिषयमा लिएर धेरै प्रकारका कोशिश हरु गर्दछन् । कहिले प्याटर्न लक त कहिले पिन कोड प्रयोग गर्दछन,त्यसै गरी कहिले फोनमा पासवर्ड लगाएर बस्छन् । सबैको आफनै प्रकारको फाईदा छ । mbl यही सुरक्षा तपाईको लागी त्यसबेला टाउको दुखाई बन्छ जब तपाईलाई प्रत्येक पटक तपाईको पिन, पासवर्ड, या प्यार्टन लक को प्रयोग गर्नुपर्छ जुनबेला तपाईलाई आफ्नो डिभाईस को प्रयोग गर्नुपर्छ ।एंड्रौईड डिभाईसमा तपाईको अनुहार देखाएर पनी अब तपाईको फोन अनलक गर्न समभब छ । यदी तपाईले आफ्नो फोनमा यो प्रयोग गर्नु भयो भने, पिन , पासवर्ड, या प्याटर्न लक को जरुरत सकिन्छ । सुरक्षाको लागी यो प्रबिधी धेरै नै सुरक्षीत हुन्छ, किनकी तपाईजस्तो देखिने संसारमा कोही नै छैन । यस्तो सायद फिल्ममा मात्र हुन्छ ।फेस रिकग्निशन एंड्राईड डिभाईस क्रोम बुक को स्मार्ट लक नाम फीचरको एउटा भाग हो । यसलाई सुरु गर्न धेरै नै सजिलो छ । सुरक्षामा गएपछी स्मार्ट लक देखिन्छ । यसलाई देख्नको लागी तपाईको फोनमा स्क्रिन लक एक्टिभेट गर्नुपर्छ । स्मार्ट लक को प्रयोग गरेर तपाईको फोन अलग अलग तरिकाले अनलक गर्ने सेटिङ्ख मिलाउन सक्नुहुन्छ । यसले तपाई आफ्नो दोस्रो फोनको साथ जोडी बनाउन सक्नुहुन्छ । आफ्नो अनुहार या आवाजको को पासवर्ड प्रयोग गर्न सकिन्छ ।एंड्राईड डिभाईसमा जब तपार्इृ आफ्नो अनुहारको पासवर्ड बनाउदै हुनुहुन्छ त्यतीबेला आफ्नो फोटो लिदा क्यामेराको प्रकाश धेरै चाहिन्छ । स्क्रिनमा एउटा गोलो देखिन्छ त्यहाँ तपाईको फोटो हुनुपर्दछ । pass एक पटक पासवर्डको लागी आफ्नो अनुहार सेट गरिसकेपछि त्यस पछी स्क्रिनमा केही सेकेन्ड हेर्नुहोस त्यसपछी स्क्रिन स्वाईप गर्नासाथ अनलक गर्न सकिन्छ ।तर कतीपय एंड्राईड डिभाईसमा यो फिचर भेटिदैन, तर तपाईलाई यो फिचर चाहिएमा यो काम गर्ने प्रकारको धेरै एप तपाई गुगल प्ले स्टोरमा भेट्रन सक्नुहुन्छ ।

विशेष