स्वास्थ्य

सरकारी अस्पतालका डाक्टरको तलव भत्ता वढाउन माग

सरकारी अस्पतालका डाक्टरको तलव भत्ता वढाउन माग
जेठ, १०, काठमाडौं, सरकारी चिकित्सक संघ नेपाल (गोडान)ले प्रेस विज्ञप्ती जारी गर्दै डाक्टरको तलबभत्ता वढाउन माग गरेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि डाक्टरको सेवा सुविधा कम हुँदा नीजि अस्पतालमा काम गर्न बाध्य भएको प्रेस विज्ञप्तीमा बताइएको छ । press release संघले विज्ञप्तिमा चिकित्सकहरुले तनावमुक्त किसिमले सरकारी अस्पतालमा मात्र सेवा गरी सहज जीवनयापन हुनसक्ने उल्लेख गरिएको छ । त्यसैले तलब सुबिधाको उचित व्यवस्था गर्न माग गरेका सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु माग गरेका छन् । ‘सरकारी सेवामा कार्यरत चिकित्सकहरुलाई सरकारबाट दिइँदै आएको तलब भत्ताबाट मात्र सरल जीवनयापन असम्भवप्रया रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै कारण सरकारी अस्पतालमा सेवा दिने समयपश्चात थप आयआर्जनका लागि चिकित्सकहरु इच्छा नहुँदा पनि प्राइभेट प्राक्टिस गर्न बाध्य छन् ।’ संघले हाल दिँदै आएको सुख्खा तलबको आधारमा सरकार वा अन्य कुनै बाह्य पक्षबाट निजी अभ्यासको वातावरण खल्बल्याउने प्रयास भएमा स्वीकार्य नहुने भन्दै नीजि अभ्यासलाई निर्वाध रुपमा गर्न दिन पनि माग गरेको छ । नीजि अस्पतालमा कार्य गर्ने वातवरण खल्बल्याएमा सरकारी सेवामा कार्यरत धेरै चिकित्सकले अवकाश लिँदै जाने र सरकारी सेवामा बिचित्र प्रमाणपत्रधारीहरुको बिगबिगी हुने भन्दै संघले सरकारको ध्यानाकर्षण गरेको छ ।

विशेष