खेल

नेपाली खेलाडीलाई अमेरिकामा स्वर्ण

नेपाली खेलाडीलाई अमेरिकामा स्वर्ण
जेठ, ११, नेपालले अमेरिकामा भएको ११औं दक्षिण एसियाली खेलकुदको कराँते–डो आमन्त्रण च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । karate-312471_960_720 सोतोजुकु कराँते डोजोको आयोजनामा मे २२ मा न्युयोर्कमा आयोजित प्रतियोगिताको ६७ केजी तौल समूहमा प्रतिस्पर्धामा नेपाली खेलाडी सुनील लामाले स्वर्णपदक जितेका हुन । उनी अमेरिकामा प्रशिक्षणको क्रममा थिए । प्रतियोगिताको ६७ तौल समूहमा पहिलो चरणमा बाई पाउँदै सेमिफाइनल प्रवेश गरेका सुनीलले सेमिफाइनलमा अमेरिकी खेलाडी जोय कास्ट्रोलाई ७–३ अंकले पराजित गरे । उनले फाइनलमा विल टोरेसलाई १–० ले पराजित गरेर स्वर्ण हात पारेका थिए । उक्त प्रतियोगितामा १३ औं बैंकक एसियाडमा कराँतेतर्फ कांस्यपदक विजेता सम्बरबहादुर गोलेले निर्णायकको भूमिका निर्वाह गरेको आठौं र नवौं सागका स्वर्ण विजेता एवं कराँतेका राष्ट्रिय प्रशिक्षक दीपक श्रेष्ठले जनाए । उनले न्युयोर्कमा अप्रिल २५ मा २१औं एन्युएल हेराल्डोज काई सोबुकान कराँते च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । त्यस्तै सन् २०१२ मा हङकङमा आयोजित १३औं एसियन प्यासिफिक करातेका पनि जितेका हुन । उनी प्रशिक्षणका लागि करिब ३ महिना अमेरिकामै रहने कार्यक्रम छ ।

विशेष