हलीउड अभिनेता ब्राड पिट रियल लाइफ हिरो

हलीउडका प्रसिद्ध अभिनेता ब्राड पिट पर्दा अगाडि मात्र होइन पर्दा पछाडि पनि हिरो भएका छन् । उनी हुलमुलमा च्यापिएर मर्न लागेकी एक बालिकालाइ बचाएर रियल लाइफ हिरो बने ।
यो घटना स्पेनको क्यानरी आइल्यान्डमा भएको हो । त्यहाँ उनको आउँदो चलचित्र ‘एल्लिड’ को छायांकन चलिरहेको थियो । छायांकन हेर्न आएका हजारौँ प्रशंसकमध्ये एक बालिका हुलमुलमा च्यापिन पुगिन । उक्त घटना ब्राडले मात्र देखे र उनले बालिकालाई तुरुन्तै उद्दार गर्न सफल भए । बालिकाको समयमा उद्दार नभएको भए अनियन्त्रित प्रशंसकहरुको भिडले च्यापिएर उनीको मृत्यु हुने सम्भावना थियो । उनले बालिकालाई बचाउने मात्र काम गरेनन् आत्तिएकी बालिकालाई उद्दारपछि सान्तवना पनि दिए । एजेन्सी को सहयोगमा कन्चन न्यौपाने
brad pit
real life hero
